What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाल प्रहरीका इन्सपेक्टर पाण्डेको “बिते कति रात” म्युजिक अवार्डको उत्कृष्ट ५ मा
What To Know
- यस गीतका रचनाकार स्वयं भोजराज पाण्डेय हुन भने सो गीतका संगीतकार नबिन श्रेष्ठ समेत उत्कृष्ट संगीतकारको विधामा छनोट भएका छन । नेपाली सांगितीक क्षेत्रमा विशेष चर्चित अहिलेकी गायिका मेलिना राईले सो गीत गाएकी छन । नेपाल प्रहरी जस्तो २४ घण्टा कार्यक्षेत्रमा तल्लीन रहनु पर्ने र जनताको सेवामा हरपल व्यस्त रहनु पर्ने जागिरे जीवनका बीच घुम्टो ओढी नबस है, आखाभरी आंशु लिई र प्यासको भोको म लगायत उनका करिव आधा दर्जन आधुनिक तथा लोकगीतहरु अडियोको रुपमा नेपाली सांगितिक बजारमा आईसकेका छन् भने आँधि र हुरी नामक प्रहरी गीत र “धोका दियौ तिमिले” आधुनिक गीत रेकर्डिंको क्रममा रहेका छन् ।.
काठमार्डौं । एपिक नेपालले एक समारोहका बीच “एपिक नेपाल म्युजिक अवार्ड २०७५ अन्तर्गत नेपाली सांगितिक क्षेत्रका विविध ६६ वटा विधाहरुमा अवार्ड वितरण गर्ने कार्यक्रम अनुरुप हरेक विधाको उत्कृष्ट ५ मा परेका सांगितिक श्रष्टाहरुलाई प्रमाण पत्र वितरण गरेको छ । बागवजार स्थित होटेल हार्दिकमा आयोजित कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रीय सदस्य, संघीय सांसद तथा नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री गगन थापाले एक समारोहका बीच उक्त प्रमाणपत्र वितरण गर्नुभएको हो ।
नेपाली सांगितिक क्षेत्रका विविध विधाहरु मध्ये लोकगीत, आधुनिक गीत, दशैं तिहार लगायतका चाड पर्व विशेषमा प्रचलित गीत, नव प्रतिभा विधा लगायत ६६ वटा विधाहरुमा मनोनयनमा परेका करिब ३०० जना क्षेत्रका श्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।विगत २४ बर्ष देखि नेपाल प्रहरी संगठनलाई कर्मथलो बनाई सफल प्रहरी निरीक्षकको रुपमा कार्यरत गुल्मी जिल्लाको तमघासमा जन्मेका गीतकार भोजराज पाण्डेको आधुनिक गीत लेखनको पहिलो प्रयासको आधुनिक गीत “बिते कति रात” ले पहिलो प्रयासमै उत्कृष्ट संगीतकार र नव आधुनिक गीत तर्फ उत्कृष्ट रचनाकार शीर्षकमा उत्कृष्ट पाँचमा मनोनयन हुन सफल भएको छ ।
यस गीतका रचनाकार स्वयं भोजराज पाण्डेय हुन भने सो गीतका संगीतकार नबिन श्रेष्ठ समेत उत्कृष्ट संगीतकारको विधामा छनोट भएका छन । नेपाली सांगितीक क्षेत्रमा विशेष चर्चित अहिलेकी गायिका मेलिना राईले सो गीत गाएकी छन । नेपाल प्रहरी जस्तो २४ घण्टा कार्यक्षेत्रमा तल्लीन रहनु पर्ने र जनताको सेवामा हरपल व्यस्त रहनु पर्ने जागिरे जीवनका बीच घुम्टो ओढी नबस है, आखाभरी आंशु लिई र प्यासको भोको म लगायत उनका करिव आधा दर्जन आधुनिक तथा लोकगीतहरु अडियोको रुपमा नेपाली सांगितिक बजारमा आईसकेका छन् भने आँधि र हुरी नामक प्रहरी गीत र “धोका दियौ तिमिले” आधुनिक गीत रेकर्डिंको क्रममा रहेका छन् ।
गीतकार भोजराज पाण्डेयको बिते कति रात गीत उत्कृष्ट गीतमा छनोट हुन सफल होस नयाँ सोच , नयाँ अभ्यास नेपाली अनलाईन मिडियाको ढुकढुकी फेयर नेपाल अनलाइन यही शुभकामना व्यक्त गर्दछ ।