नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानन्यायाधीस छान्न बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित
काठमाडौं । संवैधानिक परिषदको बैठक दोस्रो पटक स्थगित भएको छ । भावी प्रधानन्यायधीस नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको मंगलबार साँझको बैठक पनि स्थगित भएको हो ।
यसअघि मंसिर १७ गते बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि २२ गते बोलाइएको थियो । २२ गते शनिबार परेको भन्दै पुनः मंगलबारका लागि सारिएको थियो । तर अन्तिम समयमा आएर आजको बैठक स्थगित गरिएको हो ।
प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल नभएका कारण मंगलबारको संवैधानिक परिषदको बैठक स्थगित भएको बताइएको छ ।
प्रधान न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीसको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँदैछन् ।
संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ । नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले परिषदमा पठाएको छ । जोशी यसअघि पनि प्रधानन्यायाधीसका लागि सिफारिस भएर अस्वीकृत भएका थिए ।