कोरम नपुगेपछि अर्थ र कृषि समितिको बैठक स्थगित

काठमाडौं  । कोरम नपुगेपछि संघीय संसद अन्तर्गतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक स्थगित भएको छ । बैठक मंगलबार सिंहदरबारमा बोलाइएको थियो । अर्थ समितिका अधिकांश सांसदहरु अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

साढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । सांसदहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताउनुभयाे ।

संयुक्त बैठकका लागि मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *