What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
नेपालकाे आफ्नै डिजिटल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक, बन्न सक्छ फेसबुक, लिङ्क्डइनकाे विकल्प !
What To Know
- काठमाडौँ । नेपाली इन्जिनियरद्वारा निर्माण गरिएको नेपालकै पहिलो एकीकृत डिजिटल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार यो नेपालमै दर्ता भएको, नेपालीले लगानी गरेको र नेपालीले नै सञ्चालन गरेको मल्टिप्रयोजन डिजिटल प्लेटफर्म हो।.
- ग्लोबल डायरीमा फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स र लिङ्क्डइन जस्ता सामाजिक सञ्जालका प्रमुख फिचरहरूलाई एकीकृत र विस्तारित रूपमा समेटिएको छ। कम्पनीले डिजिटल विभाजन अन्त्य गर्ने उद्देश्यले यो प्लेटफर्म विकास गरिएको जनाएको छ। नेपालमा व्यवसाय सूचीकरण, रोजगारी, समाचार, कार्यक्रम तथा स्थानीय सेवा सम्बन्धी प्लेटफर्महरू छुट्टाछुट्टै सञ्चालन हुँदै आएको अवस्थामा ती सबै सेवालाई एउटै संरचनामा ल्याउने प्रयास गरिएको बताइएको छ।.
काठमाडौँ । नेपाली इन्जिनियरद्वारा निर्माण गरिएको नेपालकै पहिलो एकीकृत डिजिटल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार यो नेपालमै दर्ता भएको, नेपालीले लगानी गरेको र नेपालीले नै सञ्चालन गरेको मल्टिप्रयोजन डिजिटल प्लेटफर्म हो।
ग्लोबल डायरीमा फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स र लिङ्क्डइन जस्ता सामाजिक सञ्जालका प्रमुख फिचरहरूलाई एकीकृत र विस्तारित रूपमा समेटिएको छ। कम्पनीले डिजिटल विभाजन अन्त्य गर्ने उद्देश्यले यो प्लेटफर्म विकास गरिएको जनाएको छ। नेपालमा व्यवसाय सूचीकरण, रोजगारी, समाचार, कार्यक्रम तथा स्थानीय सेवा सम्बन्धी प्लेटफर्महरू छुट्टाछुट्टै सञ्चालन हुँदै आएको अवस्थामा ती सबै सेवालाई एउटै संरचनामा ल्याउने प्रयास गरिएको बताइएको छ।
कम्पनीका अध्यक्ष शेखर अर्यालले भने, “ग्लोबल डायरीमार्फत प्रयोगकर्ताले आफ्नै डिजिटल प्रोफाइल बनाउन, भेरिफाइड नेटवर्कसँग जोडिन, रोजगारी तथा फ्रीलान्स अवसर खोज्न, आफ्नो सीप र अनुभव प्रचार गर्न तथा स्थानीय कार्यक्रमबारे जानकारी लिन सक्नेछन्।”
उनका अनुसार प्रयोगकर्ताको रुचि र चासोका आधारमा सामग्री देखिने गरी प्लेटफर्ममा विशेष अल्गोरिदम सेट गरिएको छ। यसले प्रयोगकर्तालाई आवश्यक र सम्बन्धित सामग्री प्राथमिकताका साथ उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीको दाबी छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरीले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै भने, “व्यवसायहरूले यस प्लेटफर्ममा निःशुल्क डिजिटल उपस्थिति जनाउन सक्छन्। सस्तो र सुलभ दरमा प्रचार–प्रसार गर्न, प्रत्यक्ष ग्राहकसम्म पुग्न, कर्मचारी भर्ना गर्न र मार्केटप्लेसमार्फत वस्तु तथा सेवा बिक्री गर्न सक्ने सुविधा उपलब्ध छ।”
अग्रहरीका अनुसार प्लेटफर्ममा भड्किलो, अश्लील तथा नकारात्मक सामग्री नियन्त्रणमा विशेष ध्यान दिइनेछ। साथै प्रयोगकर्ताको डेटा गोपनीयता सुरक्षित राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
कम्पनीले हालसम्म पाँच लाखभन्दा बढी डाउनलोड भइसकेको जनाएको छ। अहिलेसम्म पाँच लाख भन्दा धेरै प्रयाेगकर्ता रहेकाे कम्पनीले जनाएकाे छ ।






