What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एन आई सी एशिया बैंककाे आग्रह
What To Know
- बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई E-TDS रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यानमा प्रविष्ट गरिन्छ र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा विवरण मिलान गर्छ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट कम हुने विश्वास बैंकले लिएको छ।.
- यसैगरी बैंकले खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा ‘NIC ASIA MoBank’ एपको ‘My Profile’ मा गई “Change Email” विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट समेत ईमेल अद्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ।.
काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले माघ २८, २०८२ मा जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो।
बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको करको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागको प्यान प्रणालीमा समावेश गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि ग्राहकले आफ्नो प्यान विवरण अद्यावधिक गर्नु आवश्यक रहेको बैंकले जनाएको छ।
ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप ‘NIC ASIA MoBank’ मा रहेको “PAN Update” विकल्पमा गएर प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखाबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई E-TDS रेकर्डमा समावेश गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यानमा प्रविष्ट गरिन्छ र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा विवरण मिलान गर्छ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट कम हुने विश्वास बैंकले लिएको छ।
बैंकले प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर विवरण समावेश नभएमा वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने स्पष्ट पारेको छ।
यसैगरी बैंकले खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकले बैंकको भिडियो केवाईसी सेवा वा ‘NIC ASIA MoBank’ एपको ‘My Profile’ मा गई “Change Email” विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट समेत ईमेल अद्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ।
यसअघि प्यान उपलब्ध गराउँदा पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल अद्यावधिक नभएको अवस्थामा नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।
यो जानकारी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी राजेश रावलले दिएका हुन्।






