What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एन आई सी एशिया बैंकले ल्यायाे स्थिर ब्याजदरमा ‘साथी घर कर्जा’ योजना
काठमाडाैं । एन आई सी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको आवास सम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै अधिकतम १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने जनाएको छ।
यस योजना अन्तर्गत ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर लागू हुनेछ। कर्जा न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म प्रदान गरिनेछ। घर वा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण र घडेरी खरिदका लागि सहज प्रक्रियाबाट कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ।
पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा तथा धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशतसम्म राखिएको छ। अन्य ग्राहकको हकमा भने यो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुनेछ।
यस योजनाअन्तर्गत घर कर्जा लिने ग्राहकहरूले लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा पनि प्राप्त गर्नेछन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी राजेश रावलले यो योजना घर खरिद तथा निर्माण गर्न चाहने ग्राहकका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।






