मेयर बालेनलाई पितृशोक

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहलाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सोमबार निधन भएको हो ।

प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् । बालेनलाई पितृ शोक परेको खबरले सरकारका मन्त्रीहरु, नेताहरु र बालेनका समर्थकहरु पनि अस्पताल पुगेका थिए।

शाह पेसाले आयुर्वेद चिकित्सक हुन् । उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गर्थे । लामो समय त्यहाँ काम गरेपछि उनी सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *