८ दललाई मन परेन संसद विघटन, हस्ताक्षर गर्न डरायो रास्वपा

What To Know

  • संसद विघटन नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरीत रहेको भन्दै उनीहरुले निर्णय फिर्ता लिएर तत्काल बैठक बोलाउन माग गरेका हुन् । विज्ञप्तिमा यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको उल्लेख छ ।.
  • जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न उनीहरुले माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हस्ताक्षर गरेको छैन ।००००.

काठमाडाैं । ८ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरीत भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन् ।

संसद विघटन नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरीत रहेको भन्दै उनीहरुले निर्णय फिर्ता लिएर तत्काल बैठक बोलाउन माग गरेका हुन् । विज्ञप्तिमा यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको उल्लेख छ ।

जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संबोधन हुने वातावरण सिर्जना गर्न उनीहरुले माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हस्ताक्षर गरेको छैन ।००००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *