What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

काठमाडौं महानगरपालिका विद्यालयमा साेमबारदेखि पठनपाठन
What To Know
- २३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयमा सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।.
- विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको छ । साथै विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन पनि उसले सूचना जारी गरेको हो । विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।००००.
काठमाडाैं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
२३ र २४ गते जेनजीहरूको प्रदर्शनपछिको अवस्थाका कारण बन्द भएका विद्यालयमा सोमबारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । त्यस्तै, शिक्षक तथा कर्मचारीहरूलाई भने आइतबारदेखि नै विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको छ । साथै विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन पनि उसले सूचना जारी गरेको हो । विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजीकरण गर्ने पनि जनाइएको छ ।००००