What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
संसद्काे हिउँदे अधिवेशन तत्काल बोलाउन दबाब बढाउँदै विपक्षी दलहरू
काठमाडाैं । प्रमुख प्रतिपक्षी सहित सात राजनीतिक दलहरूले सरकारलाई संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन्।
सरकारले अधिवेशन नबोलाए आफूहरूले विशेष अधिवेशन माग गर्ने प्रतिपक्षी दलहरूले जनाएका छन्। सात दलको बैठकपछि शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिंदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौं।
राष्ट्रको भविष्यमा दूरगामी असर गर्ने कानूनहरू संसद् छलेर अध्यादेश मार्फत ल्याइएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, आम जनता पार्टीका सहअध्यक्ष तिलक थापा मगर र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जारी गरेको विज्ञप्तिमा सरकारले अध्यादेश ल्याएर संविधानको मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गरेको छ।
सरकारले गठबन्धन सरकार सञ्चालनको नैतिक आधार समेत गुमाइसकेको उनीहरूको दाबी छ। ‘थ्रेसहोल्ड’ का नाममा दुई दलीय तानाशाही लाद्न खोजेको सात दलले आरोप लगाएका छन्।






