What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सुनको भाउमा आज पनि गिरावट, कतिमा हुँदैछ काराेबार
काठमाडौँ । आज सुनचाँदीकाे भाउ घटेको छ। गएको शुक्रबार घटेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेर एक लाख ४९ हजार सातसय रुपैयाँमा झरेको छ।
शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर एक लाख ५० हजार एकसय रुपैयाँ कायम भएको थियो। अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य एक हजार आठसय ९० रुपैयाँ थियो।
सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको हो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
त्यसयता सुनको मूल्य प्रतितोला २१ हजार तीनसय रुपैयाँ घटिसकेको छ।