एनएमबी बैंकको सञ्चालकमा थापा नियुक्त

काठमाडौं । एनएमबी बैंकको सञ्चालकमा ठाकुरजंग थापा नियुक्त हुनुभएकाे छ । बैंकको ४७८औँ सञ्चालक समितिको बैठकबाट उहाँलाई नियुक्त गरिएको हो।

ठाकुर कर्मचारी सञ्चय कोषका तर्फबाट बोर्डको सञ्चालक समितिमा नियुक्त हुनु भएकाे हाे । यसअघि कोषको प्रतिनिधिका रूपमा बैंकको सञ्चालकमा जीवनकुमार कटवाल हुनुहुन्थ्याे।

बैंकले उहाँको स्थानमा ठाकुरजंग थापालाई ल्याएको हो। कर्मचारी सञ्चय कोष एनएमबी बैंकको संस्थापक सेयरधनी हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *