काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपाली काङ्ग्रेस प्रदेश नं। १ संसदीय दलको बैठक
विराटनगर । प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलको बैठक बसेको छ ।
विराटनगरमा बुधबारदेखि शुरु भएको संसदीय दलको बैठकमा प्रदेशको स्थायी राजधानी र नामका बारेमा छलफल केन्द्रित हुने बताइएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका विषयमा प्रदेश सदस्यको सुझावअनुसार दलको साझा धारणा बनाउन बैठक बसेको जानकारी दिनुभयो ।
प्रदेशसभामा नेपाली काङ्ग्रेसका २१ जना सदस्य छन् । विराटनगरलाई स्थायी राजधानी हुनुपर्नेमा नेपाली काङ्ग्रेसका अधिकांश प्रदेशसभाका सदस्यको अभिमत रहेको छ । बैठक शुक्रबार पुनःबस्ने बताइएको छ ।