गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

स्थायी राजधानीका लागि ज्ञापनपत्र
विराटनगर । विराटनगरमा स्थायी राजधानी बनाउन माग गर्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदेश नं १ का सभामुखलाई आज ज्ञापनपत्र बुझाएका छन् ।
मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनसहित विराटनगरका ५७ भन्दा बढी सङ्घसंस्थाले सामूहिक रुपमा सभामुख प्रदीप भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् । संसद् सचिवालयमा पुगेर उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीसहितले संयुक्त रुपमा सभामुख भण्डारीलाई उक्त ज्ञापनपत्र बुझाउनुभएको थियो । सबै दृष्टिकोणले विराटनगरलाई राजधानी बनाउन उपयुक्त भएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुभ्mदै सभामुख भण्डारीले स्थायी राजधानी र प्रदेशको नामकरणको विषय सदनमा प्रवेश गरी नसकेकाले सो माग सम्बन्धित प्रदेशसभामा पेश गरिने आश्वासन दिनुभयो ।