बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओली कोस्टारिकाको भ्रमण सकेर न्यूयोर्कमा
न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ ।
प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा जानुभएको थियो । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनुभएको छ । प्रधानमन्त्री ओली बिहीहबार कतार हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।