काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
लोक सेवा तयारी समसामायिक शृंखला (बैशाख १८ – बैशाख २६)
१. अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ ?
- प्रत्येक साल मे १ तारिखमा
२. २०२१ को कति औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो ?
- १३२ औँ
- अन्तर्राष्ट्रिय श्रमिक दिवस सन् १८९० देखि मनाउन थलिएको हो ।
- अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा अमेरिकाको शिकागो भएको हेमार्केट मामलाको स्मृतिमा मनाइन्छ।
३. अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२१ को नारा के रहेको छ ?
- ‘Solidarity is key to our common survival and prosperity’
४) अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा कहिले मनाउन थालिएको हो ?
- वि.स. २००७ देखि
- नेपालमा वि.सं. २०६४ देखि सार्वजनिक विदा दिन थालिएको हो ।
५) International Labor Organization (ILO) को बारे केहि जानकारीहरुः
- स्थापना: सन् १९१९
- प्रधान कार्यालय: जेनेभा, स्विजरल्याण्ड
- हालका प्रमुख: गाइ राइडर
६) नेपाल र डोमिनिका राष्ट्र बिच कुटनीतिक सम्बन्ध कहिले स्थापना भएको हो ?
- सन् २०२१ अप्रिल ३० मा
- नेपालले कुटनीतिक सम्बन्ध राख्ने डोमिनिका १६९ औँ राष्ट्र बनेको हो ।
- नेपालको तर्फबाट अमृत बहादुर राई र डोमिनिकाको तर्फ बाट लोरिन रूथ बान्निस रोबर्ट ले हस्ताक्षर गरेका हुन् । (दुवै जना आ-आफ्नो देशको तर्फबाट संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हुन्)
७) नेपाल र डोमिनिका राष्ट्र बिच कुटनीतिक सम्बन्ध हस्तक्षर काहाँ गरिएको थियो ?
- न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा
८) नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो र पछिल्ला पाँच देशहरु :
पहिलो पाँच |
पछिल्ला पाँच |
||||
क्र.सं. |
देश |
मिति (सन्) |
क्र.सं. |
देश |
मिति (सन्) |
१. |
बेलायत |
१८१६ |
१६५. |
इक्केटेरियल गुएना |
२०१९ अप्रिल ३० |
२. |
अमेरिका |
१९४७ अप्रिल २५ |
१६६. |
इस्वातिनी |
२०१९ मे ९ |
३. |
भारत |
१९४७ जुन १३ |
१६७. |
सेन्ट लुसिया |
२०१९ अगस्ट २७ |
४. |
फ्रान्स |
१९४९ अप्रिल २० |
१६८. |
घाना |
२०१९ सेप्टेम्बर २५ |
५. |
चिन |
१९५५ अगस्ट १ |
१६९. |
डोमिनिका |
२०१९ अप्रिल ३० |
९) राष्ट्रिय सूचना तथा प्रविधि दिवस कहिले मनाइन्छ ?
- हरेक वर्ष मे २ तारिखमा
- २०७८ साल मा बैशाख १९ मा राष्ट्रिय सूचना तथा प्रविधि दिवस मानाएको
१०) राष्ट्रिय सूचना तथा प्रविधि दिवस कहिले देखि मनाउन थालिएको हो ?
- बि.स. २०७५ साल बाट
- २०७८ मा चौथौँ राष्ट्रिय सूचना तथा प्रविधि दिवस मानएको हो ।
११) २०७८ सालको राष्ट्रिय सूचना तथा प्रविधि दिवसको नारा के रहेको छ ?
- “समृद्ध नेपालको आधार, सूचना तथा संचार प्रविधिको विस्तार”
१२. यस दिवसको अवसरमा प्रदान गरिएको अवार्डहरु:
क्र.सं. |
विधा |
विजेता |
१. |
National ICT Excellence Award |
सुधिर पराजुली |
२. |
National ICT Excellence Award (woman) |
कुसुम लामा |
३. |
National ICT Award (Public Sector) |
महालेखा नियन्त्रक कार्यालय |
४. |
National ICT Award (Private Sector) |
हुवावे टेक्नोलोजी नेपाल प्रा.लि. |
- नेशनल आइसीटी एक्सिलेन्स अवार्ड (महिला र पुरुष) को पुरस्कार रकम रु. १ लाख रकम रहेको छ ।
- यस दिवसको अवसरमा ‘नगरिक एप’ को फुल भर्सन सार्वजनिक गरिएको छ। ‘नागरिक एप’ को वेटा भर्सन २०७७ माघ २ गते सार्वजनिक गरिएको थियो।
१३) अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस कहिले मनाइन्छ ?
- प्रत्येक साल मे ३ मा
- सन् १९९३ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो
- सन् २०२१ को २८ औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस हो
१४) अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस २०२१ को नारा के रहेको छ ?
- “Information as a Public Good” (“सूचना सार्वजनिक वस्तुको रुपमा”)
१५) विश्व प्रेस स्वतन्त्रता सूचाकांक २०२१ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
- १०६ औँ स्थान (सन् २०२० मा नेपाल ११२ औँ स्थनमा रहेको थियो ।)
१६) Reporters Without Borders नामक संस्थाले सर्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचाकांक २०२१ को सूचीः
सूचीका Top ५ मुलुकहरु | सूचीका अन्तिम ५ मुलुकहरु | सार्क राष्ट्रहरुको स्थान |
१. नर्वे | १८०. इरिट्रिया | भुटान-६५ |
२. फिनल्याण्ड | १७९. उत्तर कोरिया | माल्दिभ्स-७२ |
३. स्वीडेन | १७८. तुर्केमिनिस्तान | अफगानिस्तान-१२२ |
४. डेनमार्क | १७७. चीन | श्रीलंका-१२७ |
५. कोस्टा रिका | १७६. जिबुटी | भारत-१४२ |
पाकिस्तान-१४५ | ||
बंगलादेश-१५२ |
- Reporters Without Borders एक अन्तराष्ट्रिय गैससरकारी संस्था हो ।
- यो संस्था सन् १९८५ मा फ्रानसको Montpellier मा स्थापाना भएको हो ।
- यस संस्थाको मुख्य कार्यलय पेरिस मा रहेको छ ।
१७) २०२१ UNESCO/Guilermo Cano World Press Freedom Prize कसलाई प्रदान गरएको हो ?
मारिया रेसा (फिलिपिन्स)
- यो पुरस्कार सन् १९९७ वाट दिन थालिएको हो ।
- यो पुरस्कार कोलम्बियन पत्रकार Guilermo Cano Isaza को नाममा स्थापना गरिएको हो । उनी डिसेम्बर १७, १९८६ मा मारिएका थिए ।
- युनेस्कोमा कार्यकारी बोर्डको पहलमा यो पुरस्कार स्थापना गरिएको हो ।
- यस पुरस्कारको राशी २५ हजार डलर रहेको छ ।
१८) सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो आरोहि को हुन् ?
- आरोही कामिरिता शेर्पा
- वि.सं. २०७८ वैशाख २४ (सन् २०२१ मे ७) मा आरोहण गरेको ।
- यस संगै २५ औँ पटक आरोहण गरेर सर्वधिक सगरमाथाको आरोहण गर्ने किर्तिमान कायम गरेको हो ।
- पहिलो आरोहण वि.सं. २०५१ वैशाख १० (सन् १९९४ मे १३) मा
- शेर्पाले दुई पटक केटु हिमाल, एक पटक ल्होत्सो, तिन पटक मनास्लु, र आठ पटक चोयु हिमाल आरोहन गर्नु भएको छ ।
१९) विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
- हरेक साल मे ८ मा
- नोबेल शान्ति पुरस्कारका प्रथम विजेता रहनुभएका रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो । वहा को स्मझनामा यो दिवस मनाइन्छ ।
- नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो ।
- रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ ।
२०) विश्व रेडक्रस दिवस २०२१ को नारा के रहेको छ ?
- Together we are ‘Unstoppable’
२१) नेपालमा कानुन दिवस कहिले मनाइन्छ ?
- वैशाख २६ मा
- २००७ फागुन ७ मा प्रजातन्त्र स्थापना भएसँगै मुलुक कानुनी राजमा प्रवेश गरेको हो ।
- विक्रम सम्वत् २००९ बैशाख २६ मा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।
- प्रधान न्यायालय २०१३ सालबाट सर्वोच्च अदालतको रूपमा स्थापित भयो ।