What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री ओलीले संसदसँग बदला लिइरहेको गगन थापाकाे आरोप
What To Know
- आफूले गरेको प्रतिनिधि सभा विघटन ठीक रहेको स्थापित गर्न उनले अनेक प्रपञ्च गरिरहेको आरोप प्रनिनिधि सभा बैठकमा बोल्दै थापाले लगाए। आफू संसद्मा काम गर्न तयार रहेको तर सरकारले काम नदिएको उनले बताए ।.
- ‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ थापाले भने ।.
काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिइरहेको आरोप लगाएका छन्। प्रनिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै थापाले ओली रहेसम्म संसद बन्दी बनिरहने र यसको अपमान बढिरहने बताए ।
आफूले गरेको प्रतिनिधि सभा विघटन ठीक रहेको स्थापित गर्न उनले अनेक प्रपञ्च गरिरहेको आरोप प्रनिनिधि सभा बैठकमा बोल्दै थापाले लगाए। आफू संसद्मा काम गर्न तयार रहेको तर सरकारले काम नदिएको उनले बताए ।
‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’
प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए ।
‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ थापाले भने ।
प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।