आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले कुटे पठाओका राइडर – भिडियाे भाइरल

काठमाडाैंकाे नयाँ बसपार्क गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन्।

आफ्नो ग्राहक खोसेको निहुँमा साेमबार बिहान पठाओका राइडरलाई कुटपिट गरेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन् ।

ट्याक्सी चालकसँग पैसाकाे बार्गेनिङ नमिलेपछि पठाओमा जान लाग्दा ग्राकह खाेसेकाे भन्दै राइडरमाथि ति चालकले कुटपिट गरेकाे हमालले जानकारी दिइन् ।

‘बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भने, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन। हामीले पनि सोसल मिडियामामार्फत् थाहा पाएका हौं।’

यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिइन्।

अहिले ट्याक्सी चालक र पठाओ राइडरबीचकाे झगडाकाे भिडियाे सामाजिक सञ्जालमा फैलिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *