नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कैलालीमा गोली चल्दा दुई जना घाइते
कैलाली । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो ।
गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलाली प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री कमला देवकोटाको मृत्यु भएको थियो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिइसकेको छ । मृतकका आफन्त र स्थानीयले भने अस्पतालबाट शव निकालेर सडकमा लगेका थिए ।