कलंकीबाट पक्राउ परे दुई पाकेटमार युवती

काठमाडौं । कलंकीबाट पाकेटमार दुई महिलालाई प्रहरीले प क्राउ गरेको छ । चोरी, पाकेटमार तथा ठगीमा सक्रिय रहेका दुई महिला पाकेटमारलाई महानगरीय प्रहरी प्रभागले कलंकीले नियन्त्रणमा लिएकाे हाे ।

प क्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोको लिसंखु घर भई मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती छन्। कलंकी प्रभागबाट इन्सपेक्टर मिठ्ठु खड्काको टोलीले उनीहरुलाई समातेकाे हाे ।

कलंकी, कालिमाटी, बाफल, बल्खु क्षेत्रलाई आधार बनाएर उनीहरुले पाकेट मार्दै आएको प्रहरीले जनाएको छ।

पाकेट मार्दै गरेको अवस्थामा ३४ हजार ५५० रुपैयाँसहित उनीहरुलाई प क्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *