What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

माओवादी केन्द्रले बनायो चार सदस्यीय कार्यदल
काठमाडौं । माओवादी केन्द्रले चार सदस्यीय कार्यदल गठन गरेको छ। स्थायी कमिटी बैठकले अहिलको अवस्थालाई हेरेर संगठन निर्माणको कार्यलाई तिव्रता दिन चार सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा फुसाल र जनार्दन शर्मा सदस्य रहेका छन्।
तत्काल सरकारलाई दिएको मत फिर्ता नलिने तथा नेपाली कांग्रेस र राजपासँग चलेको वार्ताको बारेमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्रिफिङ गरेका थिए।
उनले छलफल आज पनि जारी रहेको जानकारी बैठकमा गराएको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै केन्द्रीय कमिटीको बैठक चैत १ र प्रशिक्षणात्मक भेला चैत २ गते हुने उनले बताए ।