What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको भाउ ओरालो लाग्ने क्रम जारी
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ। यसअघि सोमबार सुनचाँदीको भाउ स्थिर रहेको थियो।
यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो।






