नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति, ललितपुरले विज्ञप्ति जारी गरेर एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
उनी भदौ २ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकी थिइन् । यसैगरी मृतक पुरूष सर्लाही, मलंगवाका हुन् । ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो । उनी साउन ३१ गतेदेखि उपचाररत् थिए ।०००