नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

उपत्यकामा ८७ सहित थप ३६० जनामा काेराेना संक्रमण
काठमाडौँ। कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ४७० जना क्वारेन्टिनमा छन् ।
सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।
काठमाडाैं उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडाैंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् । मृत्यु संख्या ६५ पुगेकाे छ ।