बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अप्रत्यासित रुपमा बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा नम्बरी सुनको मूल्य बिहीबार पनि अप्रत्यासित रुपमा बढेर नयाँ रेकर्ड कायम भएको छ ।
बुधबार प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि बढेर १ लाख २ हजार ५ सय पुगेको छ । यो साविक दिनको तुलनामा १ हजार एक सय रुपैयाँले बढी हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य नेपाली बजारमा इतिहास कै उच्च मूल्य हो । तेजाबी सुनको मूल्य बिहीबारका लागि एक लाख दुई हजार २०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । प्रतितोलला चाँदीको मूल्य बिहीबार एक हजार ३ सय ४५ निर्धारण गरिएको छ ।
कोरोनाको संक्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । ०००