कोरोना अपडेट : काठमाडौँमा ४५ सहित थपिए २सय ७४ संक्रमित

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या साढे १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ । डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिले देशभर १३ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । अहिले देशभर ५ हजार २ सय जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।००००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *