हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
ह्वात्तै बढ्यो नम्बरी सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा सुनको दरभाउ आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ ह्जार ७ सय रुपैयाँ कायम गरिएको छ । यो मूल्य मंगलबारको तुलनामा ५ सय रुपैयाँले बढी हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ९ सय ६० रुपैयामा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ थियो ।
कोरोना महामारी र लकडाउनकाबीच बजार खुलेसँगै सुनचाँदीको दरभाउमा घटबढ भइरहेको छ ।