नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

देशभर प्रदर्शन चर्किएपछि सरकारकाे झारा टार्ने खाले निर्णय #Baluwatar_Protest
काठमाडौं । सडकमा शतप्रतिशत पीसीआर परीक्षणको माग उठिरहँदा सरकारले झारा टार्ने खाले निर्णय गरेको छ । शुक्रबार साँझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले पीसीआर परीक्षणको दर बढाउने निर्णय गरेको हो ।
बैठकले विज्ञ र सञ्चारमाध्यमबाट आएका सुझावका आधारमा कोरोना महामारी रोकथामका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको परराष्ट्रमन्त्रीसमेत रहेका समिति सदस्य प्रदीप ज्ञवालीले बताए । निर्देशक समितिले विदेशबाट उद्धार गरिएकाहरुको क्वारेन्टाइन व्यवस्थापनमा विशेष ध्यान दिने निधो गरेको छ ।