नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एकै दिन थपिए ३ सय २३ जना नयाँ कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ हजार २३५ पुगेको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
देवकोटाका अनुसार अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । डोल्पामा एक जना र अर्को एक जनाको कैलालीमा मृत्यु भएको हो । जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा मृत्यु भएका ५१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल संक्रमित मध्ये ३ सय ६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ०००