कोरोनाको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनी जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यसैबीच बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीयाको मृत्यु भएको हो ।

त्यस्तै चितवनको भरतपुरमा पनि ए जना युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज बिहान भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

दुबै जनाको स्वाव परीक्षणका लागि पठाइएको बताइएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *