नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

देशकाे संघीय राजधानी काठमाडौँमा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौँ । देशकाे संघीय राजधानी काठमाडौंमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
स्रोतकाअनुसार उनीहरुमध्ये दुई जना प्रहरी हुन् । एक जना नेपाल प्रहरी अस्पतालमा कार्यरत रहेको र त्यही अस्पतालमा डायलासिस गराइरहेका प्रहरी नै हुन् ।
यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।