हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बोल्दाबोल्दै प्रधानमन्त्री ओली रोस्टममा उभिन नसकेपछि …..
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको भन्दै संसदमा कुर्सी मागेर बसेरै सम्बोधन गर्नु भएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिन संघीय संसदमा उपस्थित प्रधानमन्त्री ओलीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गर्नु भयो ।
तर, प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोष्ट्रमबाटै सम्बोधन गर्ने चाहना राख्नु भयो । त्यसपछि उहाँलाई रोष्ट्रममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।