नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लायन्स क्लव छिम्केश्वरीको अध्यक्षमा थापा
काठमाडौँ । लायन्स क्लब अफ काठमाण्डौं छिम्केश्वरीको अध्यक्षमा द्रोणविक्रम थापा चयन हुनु भएको छ । जेठ २ गते बसेको लायन्स क्लब अफ काठमाडौं छिम्केश्वरीको भर्चुअल बैठकले लायन्स वर्ष २०२०÷२१ को अध्यक्षमा थापालाई निर्बिरोध चयन गरेको हो ।
थापाको अध्यक्षतामा नवगति समितिको प्रथम उपाध्यक्ष पेमा लामा, द्वितीय उपाध्यक्ष सुमन कार्की, सचिमा किरण पोखरेल र कोषाध्यक्षमा राकेश पाण्डेलाई निर्विरोध चयन गरिएको निवर्तमान अध्यक्ष कुमार नेपालीले जानकारी दिनुभयो ।
नवगठित कार्यसमितिको कार्यकाल एक वर्षको हुने छ । बैठकमा क्षेत्रीय अध्यक्ष शिबहरि तिमिल्सिना समेतको उपस्थिति रहेको थियो ।