छत्रकोट गाउँपालिकाद्वारा अलपत्र परेका १५ मजदुरको उद्धार

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले बाटोमा अलपत्र परेका १५ जना मजदुरको उद्धार गरेको छ ।
बझाङ जिल्ला पाथिभरा गाउँपालिका र दाङ घर भई हाल शान्तिपुर गुल्मीमा ज्याला मजदुरी गर्दै आएका उनीहरु हिँडैर घर जान भन्दै छत्रकोटसम्म आइपुगेपछि गाउँपालिकाले उद्धार गरेर पठाएको हो ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेका उनीहरुलाई गाउँपालिकाको लु १ ज ४४३३ नम्बरको गाडीमा सुरक्षित घर पठाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले उनीहरुलाई सुरक्षितसाथ घरसम्म पुग्ने वातावरण मिलाइदिन भन्दै सम्बद्ध निकायलाई पत्राचार समेत गरेको छ ।

यसअघि छत्रकोट गाउँपालिकाले पोखराबाट पैदल बागलुङ हुँदै प्युठान जान लागेको ६ जनाको उद्धार गरि पठाएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएकाे भन्दै सरकारले लकडाउनकाे अवधि थपेपछि सहरीक्षेत्रमा मजदुरी गर्दै आएका नागरिक भोक प्यास सहरै पेदल थात्थलो फर्कि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *