नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बारामा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध
वीरगञ्ज । बाराकाे एक स्थानीय तहमा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नं ५ मा बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।
वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलका अनुसार कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरिएकाे हाे ।
अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध नलगएको वडाध्यक्ष कुर्मीले बताए ।