कानुनमन्त्री बने ढकाल, राज्यमन्त्री पद्मा अर्यालकाे बढुवा

काठमाडाैँ ।  कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल नियुक्त हुनुभएकाे छ । बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर  शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई ल्याइएकाे हाे ।  ढकाल मोरङ ३ बाट निर्वाचित हुनुभएकाे थियाे ।

यस्तै सरकारले  वर्तमान स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई भूमि व्यवस्थामन्त्रीमा बढुवा गरिएकाे प्रधानमन्त्री कार्यालय स्राेतले जनाएकाे  छ । यसैबीच संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा पनि राज्यमन्त्री थप हुने भएको छ। महोत्तरी ४ बाट निर्वाचित सांसद डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउने तयारी रहेको छ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूकाे शपथ आज साढे ४ बजे  तय गरिएकाे स्राेतले जनाएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *