What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुने
What To Know
- काठमाडाैँ । तीन महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ । संसद सचिवालयले रिक्त सभामुख पदको निर्वाचनका लागि मिति तोकेको हो ।.
- उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि अबकाे संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नुहुने छ । ठाकुर संसद सञ्चालन गर्नका लागि पद तथा गोपनियताको सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास जानुभएकाे छ ।.
काठमाडाैँ । तीन महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुख चयनका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ । संसद सचिवालयले रिक्त सभामुख पदको निर्वाचनका लागि मिति तोकेको हो ।
‘१२ गते आइतबार सभामुख निर्वाचन गर्ने तयारी भएको छ,’ संसद सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजिनामा दिए पछि प्रतिनिधि सभाको सभामुख चयनका लागि बाटो खुलेको हो ।
उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि अबकाे संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नुहुने छ । ठाकुर संसद सञ्चालन गर्नका लागि पद तथा गोपनियताको सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास जानुभएकाे छ ।
संसद बैठकको सुरुमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (१) बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामा पत्र पढेर सुनाउने कार्यतालिका संसद सचिवालयले तय गरेको स्रोतले बताएको छ।
त्यसपछि रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ।






