काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
भोलि सार्वजनिक बिदा
काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार सार्वजनिक विदा दिइएको छ । तमु समुदायको प्रमूख सांस्कृतिक पर्व तमू ल्होसारको अवसरमा पुष १५ गतेका गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको जारी सूचनामा जनाइएको छ ।
प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।
केन्द्र सरकारले सार्वजनिक विदा कटौती गरेपछि प्रदेश तथा स्थानीय सरकारले विभिन्न पर्व तथा अबसरमा आफूखुसी बिदा दिँदै आएका छन् ।