गुरुङहरुकाे नयाँ वर्ष ‘तमु ल्होसार’ मनाइँदै, टुँडिखेलमा भब्य समाराेह

काठमाडौंँ । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाउँदै छन् । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदाय आइतबारदेखि नै तयारीमा जुटिसकेका छन् ।

दुई दिनदेखि महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त थिए । ‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । ल्होसार १५ गतेसम्म चल्ने छ ।

तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । उहाँले भन्नुभयो, ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । गुरुङहरूले यस वर्ष च्यु ल्हो (मुसा वर्ग) मनाउने भएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महŒव रहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *