नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएकाे छ। सोमबार समायोजन गरिएको नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । मूल्य बृद्धिपछि पेट्रोल १ सय ९ डिजेल र मट्टितेल ९७ रुपैयाँ पुगेको छ ।
भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयाे । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ ।
नयाँ मूल्य साेमबार राति १२ बजेबाट लागू हुने निगमले जनाएकाे छ ।