हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
उपचुनाबमा अप्रत्यासित हार–जितको परिणामले उब्जाएको तरङ्ग
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपचुनावमा समग्र परिणाम बढी ल्याए पनि केही स्थानमा भने अप्रत्यासित रुपमा पराजित भएको छ । नेकपा अध्यक्ष प्रचण्डकै चुनाब क्षेत्र चितवनमा कांग्रेसले क्लिनस्वीप गरेपछि नेकपाको जनमत घटेको आशंका गर्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु भएको छ । स्थानीय तहमा मात्र होइन नेकपाले पहिले जितेको प्रदेश सभा सिटसमेत गुमाएपछि राजनीतिक बृत्त तरङ्गीत भएको छ ।
उपचुनाव भएको तीन प्रदेश सभामध्ये भक्तपुर १ (क) मा कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् जुन प्रदेशमा तत्कालीन नेकपा एमालेका उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए । तत्कालीन नेकपा एमालेले एक्लै जितेको कतिपय स्थानमासमेत नेकपाले पराजय व्योहोरेपछि नेताकार्यकर्ताहरु सामाजिक सञ्जालमार्फत जनप्रिय नेतालाई टिकट नदिएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।
शनिबार भएको उपनिर्वाचनमा परिणाम उल्टिएपछि नेकपाप्रतिको जनमत घटेको भन्दै बिभिन्न टिकाटिप्पणी पनि भइरहेका छन् । तत्कालीन एमालेले एक्लै जितेका स्थानमा माओवादी केन्द्रसँग मिल्दा झन् थोरै मत आएपछि सर्वसाधरणमा मात्रै होइन पार्टीका नेताकार्यकर्तामा समेत नेकपाप्रति जनमत घटेको त होइन भन्ने आशंकापूर्ण टिप्पणी हुन थालेको छ ।
उपचुनावका मत परिणामका विषयलाई लिएर कार्यकर्ता तहमा बिभाजन नै शुश्र भएको सामाजिक सञ्जालमा आएका टिप्पणीहरुले पनि पुष्टी हुन्छ । तत्कालीन नेकपा एमाले र माओवादी पक्षका नेताकार्यकताहरु एक अर्कालाई आरोप प्रत्यारोपमा नै उत्रिएका छन् । अनेरास्ववियुकी नेतृ आरती लामा लेख्छिन्, हिजो जितेको ठाउँमा हार्नु हामी नेकपाको निम्ति राम्रो संकेत होइन ! लामाको स्टाटस आएपछि तत्कालीन माओवादीका नेता एवं हालका युवासंघका संयोजक दिपशिखाले ढकालको पराजयलाई लक्षित गर्दै लामालाई जवाफ फर्काएका छन्, नेकपाभित्र एउटा प्रवृति छ आफूलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने ! चुनावको परिणाममा यो प्रवृत्तिले पनि काम गरेको छ ! जनमत त तलमाथि भइरहने विषय हो !
सामाजिक सञ्जालमै कतिपय कार्यकर्ताहरु भने विगतलाई समीक्षा गर्दै भविष्यलाई राम्रो बनाउनमा जोड दिन सुझाव दिइरहेका छन् । अर्कोतर्फ चुनाबी परिणामले बैकल्पिक शक्तिका रुपमा दाबी गर्ने दलहरुको अवस्था भने दयनीय देखाएको छ । खासगरी चुनावमा अलिबढी चुरीफुरी देखाएका पूर्व बीबीसीकर्मी रबिन्द्र मिश्रको साझा पार्टी र विवेकशील नेपाली दलका उम्मेदवारले प्राप्त गरेको मत सङ्ख्याले लोकतन्त्रको सुदृढीकरणका लागि ठूला दलहरुकै आवश्यकता चाहिन्छ भन्ने कुरालाई पुष्टी गरेको छ ।
लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न ठूलो पार्टीको आवश्यकता रहेको उपनिर्वाचनको मतपरिणामले देखाएको विश्लेषकहरु बताउँछन् । सामाजिक सञ्जालमा चर्चाहरुकै आधारमा आफूलाई बैकल्पिक शक्ति भन्ने दलहरुलाई जनताले पाठ सिकाएको उनीहरुको टिप्पणी छ । ०००