धरानमा कांग्रेसले ढलायो कम्युनिष्टको किल्ला, बहुदलपछि पहिलो जित

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित हुनु भएको छ ।

उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्नु भएको हो । तिलकले २६ हजार ७०९ मत प्राप्त गर्नुभएको छ । नेकपाका प्रकाशले भने जम्मा २३ हजार ९१४ मत ल्याउन् भएको छ । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित हुनुभएको थियो । उहाँको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *