बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रदेश सभा भक्तपुरकाे नतिजा उल्टियाे, उपनिर्वाचनमा कांग्रेस उम्मेद्वार भँडेल विजयी
काठमाडाैँ । भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँले नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गर्नु भएको हो । ढकालले ११ हजार २ सय १० मत प्राप्त गर्नुभयो । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गर्नु भएको हो । निर्वाचन कार्यालयले भँडेल निर्वाचित हुनु भएको औपचारिक घोषणा भने गरेको छैन ।