बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कास्की २ काे मतगणना ताजा अपडेट विद्याले ह्वात्तै बढाइन् मतान्तर
पोखरा । सनिबार भएकाे उपनिवार्चन अन्तर्गत प्रतिनिधि सभा सदस्य कास्की-२ को मतगणना जारी छ । पछिल्लाे मत परिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउँदै लैजानुभएकाे छ ।
जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाउनु भएकाे छ । विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गर्नु भएकाे छ ।
कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।
कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।
पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए। यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।