हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
साग महिला भलिबलः नेपालका लागि घरेलु मैदानमा ठूलो चुनौति ठूलै अवरसर
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा शनिबार सेमिफाईनलका खेल हुदैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।
साग खेलकुदमा कास्य पदक भन्दा माथि उक्लिन नसकेको नेपालका लागि यसपटक घरेलु मैदानमा ईतिहास रच्ने अवसर छ । सेमिफाइनलमा श्रीलंकालाई हराए नेपाल सागको ईतिहासमा पहिलो पटक फाईनल पुग्नेछ । सोही कारणमा सागमा पहिलो स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले श्रीलंकालाई हराउनुपर्ने चुनौती छ । श्रीलंकालाई हराए कम्तिमा रजत पदक नेपालले महिला भलिबलमा पक्का गर्नेछ ।
दक्षिण एसियामा भारत र श्रीलंका नेपाल भन्दा बलिया टिम हुन् । यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपालले श्रीलंकालाई हराएको थियो । सोही कारणको सेमिफाईनलमा उत्रदै गर्दा श्रीलंकालाई हराउन सक्ने आत्मबल नेपालले लिएको छ ।
पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भारतसंग पराजित भएको थियो । नेपाल र भारतसंग हारेको बंगलादेशले समूह चरणबाटै बाहिरिएको छ । नेपाल समूह उपविजेताको रुपमा सेमिफाईनल पुगेको हो । नेपालले फाईनल प्रवेशका लागि समूह बीको विजेता श्रीलंकासंग भिड्न लागेको हो । आजै हुने पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स भिड्नेछन् । ०००