काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
साग महिला भलिबलः नेपाल सेमिफाइनलमा
काठमाडाैँ । नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणकाे खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि महिला टिम सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।
लगातार २ खेलमा जित निकालेकाे भारत समूह विजेता बन्दै अन्तिम चारमा पुगेकाे छ भने नेपाल उपविजेताका रुपमा समेफाइनलमा आफ्नाे स्थान बनाएकाे छ ।
प्रतियाेगितामा दुबै खेलमा हार ब्यहाेरेकाे बंगलादेश भने समूह चरणबाटै बाहिरिएकाे छ । समूहकाे पहिलाे खेलमा नेपालले बंगलादेशलाई तीन शून्यकाे साेझाे सेटमा हराएकाे थियाे । बिहीबार भएकाे भारतसँगकाे खेलमा भने नेपाल तीन शुन्यले नै पराजित भएकाे थियाे । अब नेपालले सेमिफाइनलमा समुह बी काे विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ ।






