नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पोखरामा नेकपाको सभास्थल नजिकै बम विस्फोट
कास्की । पोखरा–९ नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको छ। कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको बेला सभास्थल नजिकै बम विस्फोट भएको हो ।
नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै विस्फोट भएको हो । सो चुनावी सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही बेरपछि संवोधन गर्ने कार्यक्रम रहेको छ। प्रचण्डसहितका नेताहरु सोही सभामा हुनुहुन्छ ।
विस्फोटबाट कुनै क्षति भने नभएकाे कास्की प्रहरीले जनाएकाे छ ।चुनावी सभामा सहभागी हुन पोखराका विभिन्न क्षेत्रबाट कार्यकर्ताहरु सो क्षेत्रमा जाने क्रम जारी रहेको छ।