पत्रकार लम्साललाई ज्यान मार्ने धम्की

काठमाडौँ । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साललाई समाचार प्रसारण गरेको भन्दै ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका रजत श्रेष्ठले ज्यान मार्ने धम्की दिएका छन् ।

योहो टेलिभिजन मार्फत कात्तिक १६ गते प्रसारण भएको क्राइम विशेष कार्यक्रममा प्रसारित सामाग्रीलाई लिएर ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका सदस्य सचिव रजत श्रेष्ठले लम्साललाई ज्यान लिने धम्की दिएका हुन् । ब्लुक्रस हस्पिटलमा उपचाररत एकजना विरामीको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विरामीका आफन्त तथा हस्पिटलको उपचार प्रकृयालाई लिएर टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिएको थियो । यसै विषयलाई लिएर हस्पिटलका रजत श्रेष्ठले लम्साललाई ज्यान लिनेसम्मको धम्की दिएका हुन् ।

लम्साललाई आएको धम्कीलाई लिएर प्रेस युनियनले विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण गराएको छ । ‘समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अस्पतालको जिम्मेवारीमा रहेका श्रेष्ठले सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनु अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको छ ।’ युनियनका महासचिव अजयबाबु शिवाकोटीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । यूनियनले धम्की दिने अस्पताललाई कारबाहीको माग समेत गरेकोे छ ।

त्यस्तै नेपाल पत्रकार महासंघले विज्ञप्ती मार्फत प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *