What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट
What To Know
- पोखरा । कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको निर्माणाधीन टुरिष्ट बसपार्क भित्र बम बिस्फोट भएको हाे ।.
- कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ । यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराउनुभएकाे छ ।.
पोखरा । कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको निर्माणाधीन टुरिष्ट बसपार्क भित्र बम बिस्फोट भएको हाे ।
कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो।
बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन। पाेखराकाे सुरक्षा ब्यवस्था कडा पारिएकाे प्रहरीले जनाएकाे छ ।
कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ । यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराउनुभएकाे छ ।






