काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज उम्मेदवारको छनोट गर्ने

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ ।

नेपाली काँग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको  डा. महतले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं. २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।

काँग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *